April 26th, 2016

नेपाल बंगलादेश बैँकको नाफा १८ करोडले बढ्यो

nb bankचालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल बंगलादेश बैंकले १८ करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले व्यापार बृद्धि गरेर नाफा बढाएको हो । व्यापारसँग बैंकले राइट व्याक र विदेशी विनिमयको कारोबारबाट पनि उल्लेख्य नाफा गरेको छ । 

यो बैंकले पनि यस वर्ष करिब ६ अर्ब रुपैँया कर्जा लगानी र साढे ६ अर्ब निक्षेप बढाएको छ । यसले बैंकको व्याज आम्दानीमा २१ करोड रुपैयाँ बृद्धि देखिएको छ । बैंकले तेस्रो त्रैमासिक अवधिसम्म सञ्चालन नाफा साढे १३ करोड रुपैयाँ बढाएको छ । त्यस्तै, विदेशी विनिमयको कारोबारबाट बैंकले ११ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष ८ करोड रुपैयाँ थियो । त्यस्तै बैंकले १५ करोड ७९ लाख रुपैयाँ राइट व्याक गरेको छ ।