२०७४ भाद्र ८ गते

सप्तरीमा प्रभु ग्रुपको राहत वितरण र स्वास्थ्य शिविर संचालन

प्रभु ग्रुपले बाढीप्रभावित क्षेत्रमा राहात वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य शिविर संचालन गरी निशुल्क औषधि वितरण गरेको छ । प्रभु ग्रुपले मंलबारदेखि बाढीप्रभावित जिल्ला सप्तरीको रुपनी गाउँपालीकामा राहात वितरण तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीरहेको छ । सो कार्यका लागि प्रभु ग्रुपका श्यामराज गौतमको नेतृत्वमा डाक्टर, नर्स तथा फार्मेसी सहितको टिम परिचालीत भएको छ । प्रभुले शिविर सञ्चालन गरेपछि  सयौँको संख्याले राहात महशुस गरेका छन् । बाढी प्रभावित जिल्ला सप्तरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि जिल्ला जनस्वास्थ कार्यालय सप्तरी राजविराज र जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रभु ग्रुपलाई सहायता गरेको छ । उक्त कार्यमा जिल्ला जनस्वास्थ्य कार्यालयका रघुनन्दन यादव, अजय झा, तथा इलाका प्रहरी कार्यालयका इशाक मन्सुरीले सहायता गरेका छन् । बाढी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने तथा बाढी प्रकोपबाट विभिन्न रोगहरु लाग्ने खतरा रहेकाले त्यस्तो खतराबाट बच्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको आयोजक प्रभु ग्रुपले जनाएको छ । स्वास्थ्य शिविरमा जनरल फिजिशियनद्वय डा. सुवास श्रेष्ठ र डा. सजनी डंगोल, नर्सहरु सुनिती राउत र संगिता कार्की साथै फार्मेसी एसिस्टेन्ट सुरुची राउत खटिरहेका छन् ।