April 25th, 2016

एनसिडि बैंकको शाखा भैरहवामा

ncdनेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले भैरहवाको सिद्घार्थनगरमा आफ्नो छैठौं शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेद्वारा नगद कक्षको पुजा आरधना गरी सोमबारदेखि सो कार्यालयबाट बेकिङ्ग कारोवार शुभारम्भ गरिएको हो । कारोबार शुभारम्भको अवसरमा आगामी वैशाख १५ गतेदेखि रुपन्देहीको मणिग्राममा शाखा र शंकरनगरमा एक्सटेन्सन काउण्टर संचालनमा आउने समेत जानकारी दिइयो । 

बुटवलमा केन्द्रिय कार्यालय रहेको उक्त बैंकले रुपन्देही, नवलपरासी र चितवन जिल्ला भित्र रहेका छ वटा शाखाहरु र दुइ वटा एक्सटेन्सन कार्यालयहरुवाट निशुल्क एबिबिएस, एटिएम सेवा, लकर सुविधा, सन्ध्याकालीन तथा ३ सय ६५ दिने बैकिङ्ग लगायतका अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । उक्त थप शाखाहरु संचालनमा आए संगै बैंकको शाखा तथा प्रशाखाको संख्या १० पुग्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद खनालले बैंकको अधिकृत पुँजी ३० करोड, जारी पुँजी २० करोड ९५ लाख र चुक्ता पुँजी १० करोड ९५ लाख रहेको तथा चैत्र मसान्त २०७२ सम्ममा निक्षेप संकलन १ अरब १५ करोड  र कर्जा प्रवाह ९२ करोड रहेको जानकारी दिए ।

बैंकका कम्पनी सचिव भक्त बहादुर खड्काले १ः१ को अनुपातमा रु. १० करोड हकप्रद शेयर निष्काशनको अन्तिम चरणमा पुगेको र उक्त शेयर चालु आर्थिक वर्ष भित्र पुंजीकृत भई चुक्ता पुंजी २० करोड ९५ लाख पुग्ने र आर्थिक वर्ष २०७३/०७४ को अन्तसम्ममा बोनस शेयर वितरण र हकप्रद शेयर निश्कासनमार्फत चुक्ता पुंजी ५० करोड र अधिकृत पुंजी करोड ७० करोड पुर्याउने पुंजी बृद्धि योजना रहेको जानकारी गराए ।  

उक्त बैंकले आ. व. २०७०/०७१ को मुनाफावाट शेयरधनिहरुलाई ९.५ प्रतिशत वोनस शेयर र ०.५ नगद लाभांश वितरण गरेको थियो ।