२०७३ बैशाख १३ गते

जानकी फाइनान्सको खुद मुनाफा घट्यो 

janaki financeजानकी फाइनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक अवधिमा ३ करोड २ लाख १ हजार १ सय ३० रुपैँया खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा फाइनान्सले ४ करोड ३१ लाख १८ हजार तीन सय ९० रुपैँया खुद मुनाफा आर्जन गरेको थियो । 

चालु आवको ९ महिनाकोे अवधिमा १ अर्ब ३६ करोड १६ लाख १८ हजार ५ सय ३० रुपैँया निक्षेप संकलन गरी फाइनान्सले १ अर्ब १४ करोड ८२ लाख ५१ हजार ३ सय ३० रुपैँया कर्जा प्रवाह गरेको छ । खुद ब्याज आम्दानी ४ करोड १९ लाख ३५ हजार ९ सय ९० रुपैँया रहेको फाइनान्सले सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा १४ लाख ४२ हजार २ सय ७० रुपैँया छुट्याएको छ । राइट ब्याकमार्फत १ करोड ५ लाख २०  हजार ६ सय ६० रुपैँया प्राप्त गरेको फाइनान्समा निस्क्रिय कर्जाको अनुपात ३.९९ प्रतिशत रहेको छ । फाइनान्सको हालको चुक्ता पुँजी ३१ करोड ७ लाख ८१ हजार रहेको छ । 

गत आवको सोहि अवधिमा फाइनान्सले १ अर्ब २५ करोड ४३ लाख ६५ हजार ९ सय  ७० रुपैँया निक्षेप संकलन गरी ९९ करोड ४ लाख ४९ हजार ३ सय ४० रुपैँया कर्जा प्रवाह गरेको थियो । घरजग्गा क्षेत्रमा १ करोड ६ लाख १७ हजार २ सय ९० रुपैँया कर्जा प्रवाह गरेको फाइनान्सले उक्त अवधिमा ४ करोड ४४ लाख ७६ हजार रुपैँया खुद ब्याज आम्दानी प्राप्त गरेको थियो । सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा ६२ लाख ६० हजार १ सय ३० रुपैँया छुट्याएको फाइनान्सले राइट ब्याकमार्फत १ करोड ८१ लाख ९७ हजार ३ सय रुपैँया प्राप्त गरेको थियो भने निस्क्रिय कर्जाको अनुपात ५.२५ प्रतिशत रहेको थियो ।