२०७४ भाद्र २ गते

नयाँ टेक्नोलोजीको विकासमा छलाङ मार्दै ‘प्रभु ग्रुप’

रुपा कोइराला । नयाँ बैंकिङ प्रविधिको विकासमा प्रभु ग्रुपले छलाङ नै मारेको छ । हालै मोबाइल पेमेन्ट र ईशिक्षाको सुरुवात गरेको प्रभु ग्रुपले अब एमशप ९ः(क्जयउ०को पनि सुरुवात गर्ने भएको छ । मुलुकमा डिजिटल फाइनान्स तथा क्यासलेस ट्रान्जेक्सनको आवश्यकतालाई महशूस गर्दै प्रभु ग्रुपले एकपछि अर्को गर्दै नयाँ नयाँ टेक्नोलोजीहरु भित्र्याएर बैंकिङलाई सहज बनाएको छ ।

प्रभु एमशप
प्रभु ग्रुपले प्रभु एमशप ल्याउने तयारी गरिरहेको छ । व्यापारलाई समेत मोबाइलमा केन्द्रित गर्ने उद्देश्यले मोबाइल शप संचालनमा ल्याउन लागेको प्रभु ग्रुपकी उपाध्यक्ष कुसुम लामाले बताइन् । एमशप एउटा मोबाइल एप हो, जसले व्यापारी र ग्राहक दुवैलाई जोड्ने काम गर्दछ । बैंकसँग विजनेसका लागि जोडिएका ग्राहकहरुका लागि प्रभुले यो एप निशूल्क गरिदिने जनाएको छ । यो एप आफ्नो मोबाइलमा इन्स्टल भइसकेपछि व्यापारीहरुले आफूसँग भएको सामानको बारेमा प्रभुलाई जानकारी गराउँछन् । प्रभुको आग्रहमा उनीहरुले आफूसँग भएको सामानहरुको फोटो खिचेर पठाउँछन् । सो सामानहरु प्रभु एमशपमा डिस्प्ले हुन्छ । त्यहीँबाट ग्राहकले आफूले चाहेजस्तो सामान खरिद गर्न सक्नेछन् । यसरी आफ्नो सामान डिस्प्ले गराएवापत व्यापारीहरुले हरेक महिना निश्चित शूल्क तिर्नुपर्ने हुन्छ । यो मोबाइल एप्लिकेशनले अनलाइन सपिङलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । यो एप ग्राहकका लागि मात्र नभएर व्यापारीहरुका लागि समेत उपयोगी हुनेछ ।

ईशिक्षा
ईशिक्षालाई नेपाल भित्राउनका लागि प्रभु ग्रुप अन्तरगत प्रभु बैंकले बैंकिङ पार्टनर गरेको छ । यो सफ्टवेयर नेपाली बैंकिङ क्षेत्रमा विल्कुलै नयाँ प्रविधि हो । शैक्षिक संस्थाहरुलाई लक्षित सफ्टवेयर निर्माण गर्दै आएको भारतको ‘ई–शिक्षा’ कम्पनीसँगको सहकार्यमा प्रभु म्यानेजमेन्टले सो सफ्टवेयर ल्याएको हो । यो सफ्टवेयर प्रयोगपछि स्कूलका सबै गतिविधिको रेकर्ड, अनुगमन, हिसाव तथा भुक्तानी अनलाईनबाट हुने बताईएको छ ।
प्रभु ग्रुपकी उपाध्यक्ष कुशुम लामाका अनुसार शैक्षिक संस्थाको आय व्यय, विद्यार्थी, शिक्षक, कर्मचारीको हाजिर, विद्यार्थीको गृहकार्य, उनीहरुका गतिविधि सबै शैक्षिक संस्थाको कार्यकारी प्रमुखले अनलाईन तथा मोवाईल एप्सबाट हेर्न र अनुगमन गर्न सक्नेछन् । विद्यालयले लिने परीक्षा, परीक्षाको नतिजा, प्रमाणपत्र वितरण तथा शैक्षिक सामाग्री वितरणको जनाकारी एप्सबाटै हेर्न सकिने छ । ‘छोरा छोरी कहाँ छन्, स्कूलको बस कहाँ छ भनेर अभिभावकले मोवाईबाटै जानकारी लिन सक्छन्, स्कूलमा तिर्नु पर्ने फि अनलाईनबाटै भुक्तानी गर्न सकिन्छ’ लामाले भनिन्–‘विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी सबैलाई यो सफ्टवेयर लाभदायक छ ।’ प्रभु बैंकमा बैकिङ कारोबार गर्ने शैक्षिक संस्थालाई सफ्टवेयर निःशुल्क दिने योजना छ । यो सेवापछि मध्यराती मोवाइलबाटै स्कूलको शुल्क ट्रान्सफर गर्न  मिल्छ ।

मोबाइल पेमेन्ट
स्कुलको फी मात्र नभएर प्रभु ग्रुपले विजुली, पानी बत्ती लगायतका बिल समेत मोबाइलबाटै आफूले चाहेको समयमा भुक्तानी गर्न मिल्ने सुविधा समेत ल्याएको छ । तपाईको मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका सुविधा पाउन सक्नुहुन्छ । मोवाइल पेमेन्ट सिस्टम अन्तर्गत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसीत र सरल प्रविधि हो । यो प्रविधि अनुसार मोवाइलमै रकम जम्मा गर्न मिल्छ । मोवाइमा जम्मा भएको रकम फेरि बैंककै खातामा पनि पठाउन सकिन्छ भने बैंक खातामा भएको रकम आफूलाई आबश्यकता परेअनुसार बैंकबाट मोवाइल वालेटमा राख्न सकिन्छ । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण हरेकजसो चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले प्रयोग गर्न सकिने प्रविधि हो । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन ।

यसको प्रयोगका लागि प्रभु बैंंकमा रहेको खाताबाट आफ्नो मोवाइलमा रकम जम्मा गर्न सकिन्छ भने अन्य बैंकको खातामा रहेको रकम पनि जम्मा गर्न सकिन्छ । साथै मोवाइलमा जम्मा गरेको रकम सिधै कुनै पनि बैंकको खातामा पठाउन सकिन्छ । यसबाहेक विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिले सिधै मोवाइलमा रकम पठाउन सक्ने छ । तर प्रभु बैंकमा खाता रहेको हुनु पर्ने छ । खाताबाट मोवाइलमा पठाइसकेको रकम भने जुनसुबै बैंकको खातमा पनि जम्मा गर्न सकिन्छ । त्यसैगरी अन्य बैंकको खातामा रहेको रकम पनि मोवाइलमा पठाउन तथा अर्को बैंकका जम्मा गर्न सकिन्छ ।

खल्तीमा पैसा बोक्ने चलनको अन्त्य गर्नु आवश्यक : कुसुम लामा, उपाध्यक्ष प्रभु ग्रुप
खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलन अझै पनि हाम्रो नेपालमा छ । हामीले डिजिटल फाइनान्सको प्रयोग गर्न सके मात्रै क्यासलेस ट्रान्जेक्शनको सम्भव छ । अहिले हाम्रो स्थिति के भइरहेको छ भने एटिएममा गएर पैसा निकाल्यो, अनि पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्यो । यस्तो प्रवृत्तिले डिजिटल फाइनान्सको अर्थ हुँदैन । समग्र नेपाललाई कसरी डिजिटल फाइनान्समा लैजाने, रेमिट्यान्सलाई कसरी सेभिङतिर लैजाने भन्ने पनि सोच्नु जरुरी छ ।

हामीले साँच्चिकै डिजिटल फाइनान्सलाई अगाडी लैजाने हो भने यसबारे विस्तृतमा बुझ्नुपर्छ । हामीले बिभिन्न बैंकबाट इन्टरनेट बैंकिङ लिइरहेका छौँ भने त्यसबाट के–कस्ता सेवा सुविधाहरु प्रयोग गर्न सक्यौँ त, भन्नेतिर हाम्रो ध्यानाकर्षण हुनु जरुरी छ । अहिले बैंक खाता खोलेर, एटिम कार्ड लिएर, खातामा पैसा राखेर या इन्टरनेट बैंकिङ चलाएर मात्रै पुग्दैन । डिएफएसको साँचो अर्थमा भन्नुपर्दा हामीले त्यस्तो प्रोडक्ट ल्याउनुपर्यो, जसका कारण नगद कारोबार नै गर्नु नपरोस् । हाम्रो तलव, भत्ता पनि बैंक खाताबाटै हालिदियोस, बैंक खातामा पनि हामीले इन्टरनेट बैंकिङ अथवा कार्डबाट पेमेन्ट गर्न सकाँै, मोवाइलमा रिचार्ज गर्न सकौ, डोमेष्टिक मनि ट्रान्फर गर्न सकौँ, इन्स्योरेन्सको पेमेन्ट पनि गर्न सकौँ । नयाँ एप्सको आविस्कारबाट नयाँ कार्यहरु गर्न सकौं ।