April 25th, 2016

युनिक फाइनान्सले बढायो खुद मुनाफा

unique financeचालु आर्थिक वर्षमा युनिक फाइनान्सको मुनाफा २ करोडले बढेको छ । चालू आवको तेश्रो त्रैमासिक अवधिमा फाइनान्सले ३ करोड ३३ लाख ४३ हजार ७ सय ४० रुपैँया खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा फाइनान्सको यस्तो मुनाफा १ करोड ४८ लाख ६४ हजार २ सय २० रुपैँया रहेको थियो । 

चुक्ता पुँजी २३ करोड ८६ लाख १० हजार रुपैँया रहेको फाइनान्सले आवको तेश्रो त्रैमासिक अवधिमा ६७ करोड ३ लाख ६२ हजार ८ सय ६० रुपैँया निक्षेप संकलन गरेको छ भने ७२ करोड पाँच लाख ८५ हजार ९ सय ४० हजार रुपैँया कर्जा प्रवाह गरेको छ । जसमध्ये, ३ करोड ४६ लाख ७२ हजार २ सय ५० रुपैँया कर्जा घरजग्गा क्षेत्रमा प्रवाह गरेको छ । सो अवधिमा फाइनान्सले ३ करोड ६४ लाख ४८ हजार ९ सय ७० रुपैयाँ खुद ब्याज आम्दानी प्राप्त गरेको छ । त्यस्तै, सम्भावित जोखिम व्यवस्थापन विषय शीर्षकमा १३ लाख १९ हजार १ सय ३० रुपैँया छुट्याएको फाइनान्समा निस्क्रिय कर्जाको अनुपात ०.९ प्रतिशत रहेको छ । 

गत आवको सोहि अवधिमा फाइनान्सले ६२ करोड २४ लाख ९६ हजार ५ सय ५० रुपैँया निक्षेप संकलन गरी ५९ करोड १४ लाख १७ हजार ९ सय ७० रुपैँया खुद ब्याज आम्दानी गरेको थियो । सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा १० लाख ४३ हजार एक सय ९० रुपैँया छुट्याएको फाइनान्समा निस्क्रिय कर्जाको अनुपात ०.१७ प्रतिशत रहेको थियो ।