चालु आर्थिक वर्षमा सगरमाथा फाइनान्सको खुद मुनाफामा उच्च वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको तेश्रो त्रैमासिक अवधिमा सगरमाथा फाइनान्सले ६ करोड २२ लाख ४४ हजार २ सय ८० रुपैँया खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा फाइनान्सको यस्तो मुनाफा ४ करोड १ लाख ३५ हजार ८ सय ९० रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ३१ करोड ८७ लाख ७३ हजार ९० रुपैँया रहेको फाइनान्सले चालु आवको तेश्रो त्रैमासिक अवधिमा २ अर्व ९७ करोड ७२ लाख ४९ हजार ८ सय ६० रुपैँया निक्षेप संकलन गरेको छ भने २ अर्ब ४२ करोड दुई लाख ३२ हजार ९० रुपैँया कर्जा प्रवाह गरेको छ । सो अवधिमा फाइनान्सले ८ करोड ६७ लाख ४२ हजार ४ सय ७० रुपैँया खुद व्याज आम्दानी प्राप्त गरेको छ । त्यस्तै, सम्भावित जोखिम व्यवस्थान शीर्षकमा फाइनान्सले ७६ लाख ३२ हजार ७ सय ८० रुपैँया छुट्याएको छ । राइट ब्याकमार्फत एक करोड ५० लाख ५० हजार रुपैयाँ प्राप्त गरेको फाइनान्समा ३.८३ प्रतिशत निस्क्रिय कर्जा रहेको छ ।
गत आवको सोहि अवधिमा फाइनान्सले दुई अर्ब २७ करोड ७९ लाख २२ हजार ४ सय दश रुपैँया निक्षेप संकलन गरी एक अर्ब ९२ करोड ३० लाख ९५ हजार एक सय ९० रुपैँया प्रोभिजन गरको थियो । राइट ब्याकमार्फत २ करोड १४ लाख दुई हजार आठ सय ३० रुपैँया प्राप्त गरेको फाइनान्समा निस्क्रिय कर्जाको अनुपात २.९० प्रतिशत रहेको थियो ।