April 25th, 2016

मेगा र पश्चिमाञ्चलको एकिकृत कारोबार सुरु

mega bank nepalमेगा बैंक लिमिटेड र पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु भएको छ । दुवै संस्थाले गत चैत्र २० गते नेपाल राष्ट्र बैंकबाट एकिकृत कारोबारको लागि अन्तिम स्विकृति पाएपछि सोमबारदेखि मेगा बैँक लिमिटेडको नामबाट एकीकृत कारोबार थालेका हुन् । 

मेगा बैंकको चुक्ता पुँजी २ अर्ब ८७ करोड ५ लाख ६० हजार रुपैयाँ र पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३७ करोड १ लाख ७३ हजार रुपैयाँ रहेकोमा एकीकृत कारोबार थालनीसँगै बैँकको संयुक्त चुक्ता पुँजी झन्डै ३ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।