गत वर्षको बैशाख १२ मा गएको विनाशकारी महाभूकम्पको सम्झना गर्दै एभरेष्ट बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जीवन रक्षाको लागी रक्तदानको महत्वलाई ध्यानमा राख्दै बैंकले यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक गरि एक सय भन्दा धेरैले रक्तदान गरे ।
देशमा गएको महाभूकम्पको समयमा पनी बैंकले विना अवरोध सेवा प्रदान गर्नुका साथै विभिन्न चरणमा नगद तथा जिन्सी राहत वितरण गरी भूकम्प पीडितलाई सहयोग पु¥याएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले रक्तदान सामाजिक उत्तरदायित्व निभाउने एक उत्कृष्ट माध्यम भएको बताए । एभरेष्ट बैंक आफ्नो सामाजिक दायित्व प्रति सदैव सचेत रहँदै विभिन्न समयमा विपन्न असहाय तथा पीडितहरुलाई सहयोग पु¥याउदै आएको उनले बताएका छन् ।
एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८४ एटिएम मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३ का साथै आर्थिक वर्ष २०६८/६९मा वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाताको सम्मान प्राप्त गरेको छ ।
