Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नाफा बढाउँदै मितेरी डेभलपमेन्ट बैंक 

२०७३ बैशाख १२ गते

miteri dev bankमितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमासिक अवधिमा ६ करोड ४७ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । क्षेत्रीय स्तरको विकास बैंकको रुपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको बैंकले गत आवको सोहि अवधिमा ४ करोड ५२ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

चुक्ता पुँजी २१ करोड १२ लाख ७४ हजार रुपैयाँ रहेको बैंकले चालु आवको चैत मसान्तसम्ममा २ अर्ब ४ करोड ७८ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८५ करोड ५२ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा १५ करोड ३२ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिका १० करोड ८३ लाख ७५ हजार रुपैयाँ खुद व्याज आम्दानी प्राप्त गरेको छ । सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा ६१ लाख ७८ हजार छुट्याएको बैकले निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ३६ प्रतिशत रहेको छ ।