Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चुडामणि शर्मालाई हिरासतमा राख्न आदेश

२०७४ श्रावण १८ गते

सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । पछिल्लो कर फर्छ्योट आयोगका सदस्यसचिव रहेका शर्मालाई बदनियतपूर्वक कानूनविपरीत कर छूट दिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी मुद्दा चलाएको थियो । सर्वोच्च अदालतले शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनाबाट छुटाएर न्यायिक हिरासतमा राख्न आदेश दिएपनि शर्मालाई महानगरीय प्रहरी परिसरमा सारिएको छ । शर्मालाई भ्रष्टाचारको मुद्दा लाग्ने वा नलाग्ने भन्ने विषयमा फैसला हुन भने अझै केही दिन लाग्ने बताइएको छ ।

अख्तियारले गैरकानूनी रूपमा थुनामा राखेको आरोप लगाई दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनउपरको बहस भने जारी रहेको छ ।

Ad