Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मिसन डेभलपमेन्ट बैँक पनि अब अन्तरबैँक विद्युतीय भुक्तानी प्रणालीमा

admin २०७३ बैशाख १० गते
सेयर:

mission dev bankमिसन डेभलपमेन्ट बैँक अन्तरबैँक विद्युतीय भुक्तानी प्रणालीमा जाने भएको छ । शुक्रबार बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउँदै आएको नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेपछि मिसन डेभलपमेन्ट बैँक सो प्रणलीमा जाने भएको हो । सम्झौतापत्रमा क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र मिसन डेभलपमेन्ट बैँकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद घिमिरेले हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनिले बैँकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

यस प्रणालीका लागि कम्पनीले ४८ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनिहरुसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । मिसन डेभलपमेन्ट बैँकसँगको सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्या संख्या ५२ पुगेको छ । 

यस प्रणालीमार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्नछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । 

कम्पनिले हाल संचालन गर्दै आएको NCHL-ECC सेवामार्फत आफ्ना १ सय २४ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २ हजार ६ सय ८६ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ । आगामी दिनहरुमा यस प्रणालीको सञ्जाललाई थप विस्तार गर्दै लैजाने लक्ष्य कम्पनिले लिएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।