पश्चिमाञ्चल डेभलपमेन्ट बैँकसँग मर्जर सम्झौता भएको १५ महिनापछि मेगा बैँक नेपालले एकीकृत कारोबार सुरु गर्ने भएको छ । मर्जरपछि पनि मेगा बैँककै नामबाट बैशाख १३ गतेदेखि कारोबार सुरु गर्न लागेको हो । केही दिनअघि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकिकृत कारोबार सुरु हुन लागेको हो ।
एकिकृत कारोबारसँगै कायम भएको सेयरका आधारमा चाँडै नेप्सेमा कारोबार फुकुवा गरिने बताइएको छ ।




