गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ मा अपरिष्कृत संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको छ । त्यस्तै गरी निक्षेप रु. १८ अर्ब ३३ करोड पुगेको छ भने कर्जातर्फ रु.१६ अर्ब ५१ करोड पुगेको छ । बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।
पोखरामा स्थापित साविकका दुई विकास बैंकहरु फेवा विकास बैंक र गण्डकी विकास बैंक एक आपसमा गाभिएर गण्डकी विकास बैंक लिमिटेडको नामबाट गत असार २१ गते देखि कारोबार गर्दै आएको बैंकको चुक्तापुँजी एक अर्ब ८४ करोड र कूल प्राथमिक पूँजी रु दुई अर्व ७८ करोड रहेको छ ।
बैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५० वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटीएम, एसएमएस बैकिङ्ग, मोवाइल वैकिगं सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।