कृषि बिकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले पुष्पलाल स्मृती दिवसको अवसरमा “कमरेड पुष्पलालका विचार र देशको आर्थिक सामाजिक अवस्था” विषयक विचार गोष्ठी एवं सेवा निवृत्त कर्मचारीको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । बैंकको मुख्य कार्यालय स्थित तालिम हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा ने.क.पा.(एमाले)का पोलिटव्यूरो सदस्य सुरेन्द्र पाण्डे, विशिष्ट अतिथिका रुपमा पेशागत महासंघका अध्यक्ष बिश्वनाथ प्याकुरेल रहेका थिए भने विशेष अतिथिमा कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र अतिथीमा विफु नेपालका अध्यक्ष नारायण प्रसाद सुवेदी, कृषि विकास बैंक कर्मचारी संघका केन्द्रिय अध्यक्ष कुल प्रसाद शर्मा रहेका थिए । उक्त कार्यक्रम कृषि बिकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिका अध्यक्ष नरहरी प्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।