ग्राहकहरुको माग र आधुनिक बैंकिङ प्रणालीलाई मध्यनजर गर्दै नविल बैंकले नयाँ पोडक्ट प्रयोगमा ल्याएको छ । बैंकले स्मार्ट बैंक, सेयर लोन र सेयर एकाउन्टलाई प्रयोगमा ल्याएको हो । बैंकले ल्याएका यी पोडक्टहरु नेपाली बैंकिङ क्षेत्रमा नयाँ हुन् ।
स्मार्ट बैँकको प्रयोगबाट पैसा पठाउने र पैसा झिक्ने तथा आफ्नो एकाउन्टमा रहेको पैसा जाँच गर्न सकिने छ । सेयर लोन अन्र्तगत बैंकसँग कारोबार गर्ने सेयरधनिहरुले यो सेवा लिन सक्नेछन् । त्यस्तै, सेयर मार्केटलाई मध्यनजर गर्दै सेयर एकाउन्ट प्रोडक्ट ल्याएको छ । यसको प्रयोग साना तथा ठूला लगानीकर्ताले गर्न सक्नेछन् ।
यो सेवा नविल बैंकका ग्राहक मात्र नभएर अन्य सबै व्यक्तिहरुले पनि प्रयोग गर्न सक्नेछन् ।