भोली शनिबार असार ३१ गते सबै बेंक वित्त खुल्ला रहने भएका छन् । ती बेंकवित्त कम्पनीहरु दिनभरी खुल्ने छन् । असार मसान्त कर भुक्तानीको समय भएका कारण आउँदो शनिबार असार ३१ गते बैंकहरु खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुखोल्न पत्राचार गरिसकेको छ । राजश्व दाखिलाका लागि सहजतापूर्वक काम होस् भन्ने उद्येश्यले यसो गरिएको हो । बैंकका सबै शाखाहरु दिनभरी खुल्ने छन् । नखुल्ने बैंकलाइ नेपाल राष्ट्र बैंकले कार्बाही गर्ने छ ।