एन आई सी एशिया बैंकले वृक्षारोपण गरेको छ । बुधबार बैंकको धरान शाखाले पुर्वाञ्चल क्याम्पसको परिसरमा एवं नेपालगंज शाखाले महेन्द्र बहुमुखि क्याम्पसको परिसर र बिहीबार चन्द्रगढी शाखाले श्री कृष्ण दिप्यान गुरुकुल वेद विद्याश्रममा गरि करिब १६ सय विरुवाहरुको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको हो ।
एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले यहि आर्थिक वर्ष २०७३÷७४ भित्र ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको छ, यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पु¥याउने विश्वास लिएको छ ।