सानिमा बैंक लिमिटेडले काठमाडौँको महाराजगंजमा ४६औँ शाखा कार्यालय स्थापना गरीे सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा शुक्रबार संयुक्त रुपमा भयो ।
समुद्घाटन समारोहमा सानिमा बैंकका संचालक डा. सुवर्णदास श्रेष्ठले मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै यस महाराजगंज शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । समुद्घाटन समारोहमा मह जोडीले महाराजगंजमा सानिमा बैंक संचालनमा आएकोमा महाराजगंजवासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
सानिमा बैंकको हाल मेची देखि महाकाली तथा सातै प्रदेशमा गरी ४६ वटाशाखा तथा ५३ वटा ए.टि.एम. रहेका छन् ।