Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मैतीदेवी मन्दिर परिसरलाई हिमालयन बैंकले दियो आठ सीसीटिभी क्यामेरा

२०७४ असार १४ गते

हिमालयन बैक लिमिटेडले ऐतिहासिक एवं धार्मिक संपदाहरुको सुरक्षामा सहयोग पुयाृउने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं. ३० अवस्थित मैतीदेवी मन्दिर परिसरको  विभिन्न स्थानमा ८ थान उच्च क्षमतायुक्त सि.सि टी.भी क्यामेरा जडान गराई सो सम्बधि रेकर्डिङ्ग उपकरण आज एक समारोहका वीच हस्तान्तरण गरेको छ । उक्त रेकर्डिङ्ग उपकरणले उच्च क्षमतामा १८ दिन सम्मको चौबिसै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्दछ ।  

यस अवसरमा बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सि. सि. टी. भी. सम्बन्धि उपकरणहरु मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रुपमा हस्तान्तरण गरे  । समारोहमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दहाल, बैंकका सञ्चालकहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा मैतीदेवी क्षेत्र प्रबन्ध समितिका अन्य पदाधिकारी हरुको समेत उपस्थिति थियो । 

समारोहमा मन्तव्य ब्यक्त गर्दै अध्यक्ष श्रेष्ठले सि. सि. टी. भी.  जडान  भए पश्चात मन्दिर परिसर वरिपरि हुनसक्ने अवांछित गतिविधिहरु नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । यसैगरि पुरातत्व विभागका महा निर्देशक भेष नारायण दाहालले बैंकको यस प्रकारको पुरातात्विक संपदा संरक्षणको कार्य अत्यन्त सह्रानीय रहेको बताए । यसअघि पनि बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले बैंक तथा व्यक्तिगत एवं पारिवारिक सहयोगमा मैतीदेवी मन्दिरमा तोरण एवं ढलोटका २ सिंह प्रतिमाहरु स्थापना गरिसकेको जानकारी गराए ।

Ad