दुई वटा माइक्रोफाइनान्स कम्पनीले कर्मचारी माग गरेका छन् । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेका हुन् ।
नेपाल सेवा लघुवित्तले तीन जना शाखा प्रमुख माग गरेको छ । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका र प्रवीणता तह उतीर्ण गरी दुई वर्ष लघुवित्तमा काम गरेको अनुभव भएकाले यही असार १७ गतेभित्र आवेदन दिन सक्नेछन् ।
त्यस्तै, मेरो माइक्रोफाइनान्सले अनुगमन अधिकृत, शाखा प्रबन्धक र सहायक प्रशिक्षार्थी शाखा प्रबन्धक पदका लागि कर्मचारी माग गरेको छ । आवेदन दिने मिति असार २७ गतेसम्म रहेको छ ।





