काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रिला प्रिमियम बचत खाता र सामाजिक सुुरक्षा बचत खाता नामका दुई बचत योजना संचालनमा ल्याएको छ । यही आषाढ ११ गते आइतवार देखि लागुु हुुने यी बचत खाता मध्ये सांग्रिला प्रिमियम बचत खातामा न्यूूनतम मौज्दात रु ५ हजारमा बार्षिक ९ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज प्राप्त गर्ने गरि खाता खोल्न सकिने बैकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
उनका अनुसार यो बचत खाता संचालन गर्ने ग्राहकले लकर सुुविधा लिन चाहेमा कि मार्जिन निक्षेप रकममा ५० प्रतिशत तथा बार्षिक दस्तुुरमा २५ प्रतिशत छुुट सुुविधा प्रदान गरिने छ भने शाखा कार्यालय ललितपुुर,ईमाडोल र सुुनसरी,इटहरीमा जुुनसुुकै बचत खाता खोल्ने ग्राहकहरुले समेत लकर सुुविधा लिन चाहेमा उक्त छुुट सुुविधा पाउने बताइएको छ ।
यस्तै नेपाल सरकारले प्रदान गर्दै आईरहेको सामाजिक सुुरक्षा भत्ता जम्मा गर्न सजिलो होस भन्ने उद्देश्यले बैंकले शुुन्य मौज्दातमा बार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने गरि सामाजिक सुुरक्षा बचत खाता समेत संचालनमा ल्याएको जनाइएको छ ।
यसैगरी बैंकमा बचत खाता संचालन गरिरहेका बचतकर्ताहरुलाई थप सुबिधा स्वरुप बिभिन्न कम्पनीहरुले निष्काशन गर्ने आईपिओ तथा एफपिओमा लगानी गर्न बैंकको तर्फबाट निशुुल्क आश्वा सेवा प्रदान गर्ने बताइएको छ । बिकास बैंकहरु मध्ये अनलाइन आश्वा सेवा शुरु गर्ने सांग्रिला डेभलपमेन्ट बैंक पहिलो बिकास बैक भएको बैकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।