यती डेभलपमेण्ट बैंकले “जोडौं एक नाता खोली बैंकमा खाता” भन्ने मुल नारा सहित सोमबार (जेठ २९ गते) गते हेटौंडाको मकवानपुर गढी ३ स्थित भानु माध्यामिक बिद्यालयका विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । विद्यार्थीहरुलाई बचत गर्ने बानी बसाल्न र बचतको महत्व, ए.टि.एम. कार्ड को प्रयोग, मोबाईल बैकिङ्ग तथा ऋणको बारेमा जानकारी दिन बैंकले यो कार्यक्रम गरेको हो ।
विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई बैंकका प्रबन्धक राजेश लामिछाने र कर्जा अधिकृत सरिना मानन्धरले विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए । बैंकले सहजीकरणमा सहभागी ६१ जना विद्यार्थीलाई शैक्षिक सामग्री पनि बितरण गरेको थियो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक ध्रुव कुमार भुजेलको पनि उपस्थिति रहेको थियो ।