Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनएमबि बैंकले एक करोड १४ लाख कित्ता एफपिओ जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

२०७४ जेष्ठ २८ गते

एनएमबि बैंक लिमिटेडले एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता थप नयाँ सेयर निष्काशन गर्ने भएको छ । एफपिओ निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले बोर्डमा गत जेठ २२ गते निवेदन दिएको हो । 

बैंकले संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न एफपिओ जारी गर्न लागेको हो । बैंकको गत पुषमा सम्पन्न २१ औँ साधारणसभाले थप नयाँ साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।  हाल बैंकको छ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको छ । एफपीओ जारी गरेपछि बैंकको पुँजीमा एक अर्ब १४ करोड रुपैयाँ थपिनेछ भने प्रिमियमवापतको रकम जगेडा कोषमा जानेछ । बैंकले प्रिमियम मूल्य निर्धारण गरेको छैन ।  

एनएमबिको सेयर निष्काशन तथा विक्रीको प्रबन्ध मिलाउने जिम्मा नागरिक लगानी कोषले पाएको छ । 
 

Ad