April 15th, 2016

फस्र्ट माइक्रोफाइनान्सको खुद मुनाफा ५८.३३ प्रतिशतले बढ्यो

1st microfinanceफस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको खुद मुनाफा ५८.३३ प्रतिशतले वृद्धि भएको छ । बैँकले चालु आर्थिक वर्ष २०७२/७३ को तेस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ८० लाख रुपैयाँ कमाएको छ । बैंकले गत वर्षको सोहि अवधिमा २ करोड ४३ लाख रुपैयाँ कमाएको थियो ।

माइक्रोफाइनान्स जगेडामा ६ करोड १९ लाख रुपैयाँ छुटाएको छ भने कर्जा तर्फ पनि २७ दशमलव ९६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ५छ लाख रुपैयाँ लगानी गरेको छ । जसको व्याज आम्दानी ४३ दशमलव १८ प्रतिशतले बढेर १२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, व्याज खर्चमा ५३ दशमलव ८४ प्रतिशत बढेर ६ करोड ७ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी ६ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै सञ्चालन मुनाफा गत बर्षको सोहि अवधिको भन्दा ५५ दशमलव २६ प्रतिशतले वृद्धि भई ५ करोड ९७ लाख रुपैयाँ रहेको छ । 

माइक्रोफाइनान्सको जोखिम युक्त सम्पति शुन्य दशमलव १ दशमलव ३७ प्रतिशतले बढेर १२ दशमलव ४७ प्रतिशत रहेको छ ।