Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वैशाख २६ मा माछापूछ्रे बैँकको साधारणसभा

२०७३ बैशाख ३ गते

maxapuxre bankमाछापुच्छे बैंकको सत्रौं वार्षिक साधारणसभा बैशाख २६ गते होटल पोखरा ग्राण्ड, कास्कीमा हुने भएको छ । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, १६ प्रतिशत बोनस शेयर तथा शुन्य दशमलव ८४ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने, संस्थापक समुह तर्फ ५१ र सर्बसाधारण समुहतर्फ ४९ प्रतिशत शेयर संरचना कायम गर्ने र बैशाख १२ गते गएको भुकम्पबाट भुकम्पपीडीत राहत कोषमा प्रदान गरेको रकमलाई अनुमोदन गर्नेसम्बन्धी प्रस्ताव लगिँदै छ । यस सभा प्रयोजनका लागि बैशाख ७ गतेदेखि बैशाख २६ गतेसम्म शेयरधनी दर्ता किताव बन्द हुने जनाइएको छ ।