सानिमा बैंक र नेपाल सर्टिफाईङ्ग कम्पनीबीच अनलाईन कारोबारका लागि डिजिटल सिग्नेचर प्रदान गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सर्टिफाईङ्ग कम्पनीका अध्यक्ष बिप्लब मान सिंह तथा सानिमा बंैकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरे ।
नेपाल सर्टिफाइङ कम्पनीले रेडियन्ट इन्फो टेक नेपालद्वारा जारी भएको डिजिटल सिग्नेचर र सर्टिफिकेटहरु व्यवस्थापन गर्दै आएको छ । यस कम्पनीले डिजिटल सिग्नेचर र सर्टिफिकेट देशभरि लागू गरी कागजद्वारा गरिने कार्यलाई प्रतिस्थापन गर्ने कार्य गर्दै आएको छ ।