April 15th, 2016

नयाँदील्लीस्थित प्रभू मनि ट्रान्सफरको कार्यालय सर्यो

prabhu moneyप्रभु मनि ट्रान्सफरले नयाँ दिल्लीमा रहेको आफ्नो कार्यालय सारेको छ । प्रभुले भारतको राजधानी नयाँ दिल्लीको द्वारकामा संचालनमा ल्याएको प्रमुख कार्यालयलाई सबैलाई केन्द्रविन्दु हुनेगरी क्नाट प्लेसमा स्थानान्तरण गरेको हो । 

प्रभुले यो सुविधायुक्त रेमिट्यान्स सेवाको गत सेप्टेम्वर, २०१५ मा नेपाली राजदुत श्री दीप कुमार उपाध्यायका करकमलबाट उद्घाटन गराई संचालनमा ल्याएको थियो । प्रभुका दुई कार्यालय ( बाह्रखम्बा रोड र पहाडगंज) साथै मुथुट फाइनान्सका भारतभरि रहेका ४४०० ब्रान्चबाट नेपाल पैसा पठाउन अब सबै प्रवासी नेपालीहरूलाई अत्यन्तै सजिलो भएको छ । प्रभुले सित्तैमा यहिबाट रूपैया नामक रेमिटेन्स कार्ड वितरण गर्दै आएको छ भने न्युनतम भारू १००० सम्ममा नेपालको प्रभु बैंकमा खाता पनि खोल्ने गरेको छ ।