सेञ्चुरी कमर्सियल बैंकले देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ वदिर्याको बासगढीन.पा.८ मा ३२ औं शाखा कार्यालय स्थापना गरि सञ्चालनमा ल्याएको छ । गत जेष्ठ १६ गते मंगलबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । साथमा सेञ्चुरीले काठमाडौँको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजि«ङ्गमा शनिबारदेखि ए.टि.एम. सेवा समेत सुरु गरेकोछ ।
सेञ्चुरी बैंकले २०७४ जेष्ठ २८ गतेबाट भैरहवामा केन्द«ीय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द«ीय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिसन) गरी एकीकृत कारोबार गर्दैछ, जसबाट बैंकको शाखाहरु देशभरमै ५३ वटा हुनेछन् ।