विदेशबाट नेपालमा पैसा पठाउँदा शूल्क नलाग्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको बजेटमा यो कुरा समावेश गर्न सुझाव दिएको हो । राष्ट्र बैंकको यो सुझावलाई बजेटमा समावेश गर्न लागिएको अर्थमन्त्रालय स्रोतले बताएको छ । जसअनुसार, अब औपचारिक माध्यमबाट रेमिट्यान्स कम आउने र हुण्डीबाट बढी आउने देशहरुबाट नेपालमा रकम पठाउँदा पैसा लाग्ने छैन । यस्ता मुलुकबाट रकम पठाउँदा लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।