सिद्धार्थ बैंकले पाल्पाको तानसेनमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले एक विशेष समारोहका बीच आइतबार (जेठ १४ गते) उक्त शाखाको उद्घाटन गरेको हो । बैंकका संचालक महेश प्रसाद पोख्रेल र भगत विष्टले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका थिए । बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।
बैंकले हालै चितवनको टाँडी र नवलपरासीको कावासोतीमा रहेका आफ्नो शाखा कार्यालयहरुको पनि औपचारिक उद्घाटन गरेको थियो ।
बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।