Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मिर्गौला रोग पीडित सहकर्मीलाई मेगा बैंकको सहयोग 

२०७३ बैशाख १ गते

mega bankमेगा बैंकका कर्मचारीहरुले मिर्गौला रोगबाट पीडित सोही बैंकमा काम गर्ने सहकर्मीलाई पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । कर्मचारीहरुले मिर्गौला रोगबाट पीडित आफ्नै सहकर्मी निरोज डंगोललाई पाँच लाख रुपैयाँ सहयोग गरेका हुन् । दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि स्वास्थ्य उपचार गराइरहेका बैंक क्लियरिङ शाखाका निरोज डंगोललाई सो बैंकका सबै कर्मचारीको एक दिनको तलबबाट संकलित ४ लाख ७४ हजार ३ सय ९८ र युनियनका सल्लाहकार तथा पदाधिकारीबाट त्यसमा २५ हजार ६ सय २ रुपैयाँ थप गरी पाँच लाख रुपैंया सहयोग प्रदान गरिएको हो ।  मेगा बैंकका सिइओ अनिलकेशरी शाह र कर्मचारी युनियनका अध्यक्ष कीर्ति वाग्लेले संयुक्त रुपमा पाँच लाखको चेक हस्तान्तरण गरे ।