April 13th, 2016

मिर्गौला रोग पीडित सहकर्मीलाई मेगा बैंकको सहयोग 

mega bankमेगा बैंकका कर्मचारीहरुले मिर्गौला रोगबाट पीडित सोही बैंकमा काम गर्ने सहकर्मीलाई पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । कर्मचारीहरुले मिर्गौला रोगबाट पीडित आफ्नै सहकर्मी निरोज डंगोललाई पाँच लाख रुपैयाँ सहयोग गरेका हुन् । दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि स्वास्थ्य उपचार गराइरहेका बैंक क्लियरिङ शाखाका निरोज डंगोललाई सो बैंकका सबै कर्मचारीको एक दिनको तलबबाट संकलित ४ लाख ७४ हजार ३ सय ९८ र युनियनका सल्लाहकार तथा पदाधिकारीबाट त्यसमा २५ हजार ६ सय २ रुपैयाँ थप गरी पाँच लाख रुपैंया सहयोग प्रदान गरिएको हो ।  मेगा बैंकका सिइओ अनिलकेशरी शाह र कर्मचारी युनियनका अध्यक्ष कीर्ति वाग्लेले संयुक्त रुपमा पाँच लाखको चेक हस्तान्तरण गरे ।