स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । टुरिजम र सिद्धार्थ डेभलपमेन्ट बैंक तथा विभिन्न प्रतिष्ठित व्यक्तिद्धारा प्रवद्र्धित यो लघुवित्तलेकेन्द्रीय कार्यालय तथा नयाँ खुल्न लागेको शाखा कार्यालयहरुमा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
पोखराको विजयपूरमा केन्द्रीय कार्यालय रही आसपासका १० जिल्ला कार्यक्षेत्र भएको लघुवित्तले ४० जना सहायक प्रशिक्षार्थी तथा केही संख्यामा व्यवस्थापन प्रशिक्षार्थी, सहायक सूचना प्रविधि अधिकृत, शाखा प्रबन्धक र विभागीय प्रमुखहरु माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई जेठ २६ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ ।




