Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वित्तीय जागरणका लागि कृषि विकास बैंकले गर्यो प्रभात फेरि कार्यक्रम

२०७४ जेष्ठ १२ गते

कृषि विकास बैंक लिमिटेडले आम नेपाली जनतालाई बैंकिङ सेवा सम्बन्धी सूचना दिने उद्देश्यले प्रभातफेरि कार्याक्रम आयोजना गरेको छ । बैंकमा क्रियाशील क्षेत्रिय स्तरका तीन वटा कर्मचारी युनियनहरु नेपाल राष्ट्रिय कर्मचारी संगठन कृषि बिकास बैंक लि.,नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि.,कृषि बिकास बैंक लि.कर्मचारी संघ नेपालले जनतालाई वित्तीय कारोबारमा जागरुक गराउनका लागि भन्दै संयुक्त रुपमा प्रभात फेरि  तथा वित्तीय जागरण कार्यक्रम आयोजना गरेको हो । 

उक्त कार्यक्रममा उपस्थित सबैलाई नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि.क्षेत्रिय समिती काठमाडौका अध्यक्ष बसन्त थापाले स्वागत गरेका थिए भने नेपाल राष्ट्रिय कर्मचारी संगठन कृषि बिकास बैंक लि.,का क्षेत्रीय अध्यक्ष किरण फुयालले प्रभात फेरि कार्यक्रम लेखिएको व्यानर सहभागीहरुलाई हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । 

शुक्रबार (जेठ १२ गते) बिहान ७ बजे कृषि बिकास बैंक लि.क्षेत्रीय कार्यालय गौशलाको प्राङ्गगणबाट शुरु भएको प्रभात फेरि कार्यक्रम कृषि बिकास बैंक लि.का सूचना मूलक व्यानर तथा बैंकिङ चेतनामूलक जिंगलहरु बजाउँदै पुरानो बानेश्वर चोकबाट रत्न राज्य लक्ष्मी स्कूलको मोड हुँदै भित्रीबाटोबाट प्रबेश गरि भिमसेनगोला सिनामंगल पुल नपुग्दै बिचबाटोबाट मोडिई भित्रीबाटो हुँदै गौशला चोकबाट  कृषि बिकास बैंक लि.क्षेत्रीय कार्यालय गौशलाको प्राङ्गगणमा आई सम्पन्न भएको थियो । प्रभातफेरि कार्यक्रको अवसरमा बाटोमा भेटिएका सर्वसाधारण महानुभावलाई बैंकका बिभिन्न सेवा तथा व्यवसाय झल्कने ब्रोसर तथा लिफलेट बितरण गरिएको भियो । 

उक्त कार्यक्रममा कृषि बिकास बैं लि. मुख्य कार्यालयमा कार्यरत कर्मचारी तथा क्षेत्रीय कार्यालयका निमित्त मुख्य निर्देशक कवि प्रसाद पाठक, निर्देशक, मुख्य शाखा प्रबन्धक, शाखा प्रबन्धक लगायत झण्डै २०० जना भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो । प्रभात फेरि कार्यक्रको क्रममा बाटो रुट लाई ब्यबस्थित गर्ने कार्य महानगरिय प्रहरी प्रभाग गौशलाले गरेको थियो । कार्यक्रमको अन्त्यमा कृषि बिकास बैंक लि.कर्मचारी संघ नेपाल क्षेत्रीय समिती बागमतिका अध्यक्ष छगेन्द्र आचार्यले यस किसिमको प्रभात फेरि कार्यक्रमले कृषि बिकास बैंक लि.का सेवा तथा सुबिधाहरुको बारेमा  आम नेपाली जनताहरुलाई सूसुचित गराउने कुरा उल्लेख गर्दै आफ्नो व्यस्त समयका बाबाजुद पनि यूनियनले गरेको कार्यक्रममा सहभागिता जनाउने र बाटो रुटलाई व्यबस्थित गराई कार्यक्रम सफल बनाउन सहयोग गर्ने महानगरिय प्रहरी प्रभाग गौशलालाई धन्यबाद ज्ञापन गरेका थिए । 

Ad