Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कुलमान विरुद्धको रिटलाई सर्बोच्चले रोक्यो, एलइडी बल्व खरिद गर्न बाटो खुल्यो

२०७४ जेष्ठ ५ गते

सरकारलाई एलइडी बल्व खरिद गर्न बाटो खुला भएको छ । सर्बोच्च अदालतले एलइडी खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेपछि एलइडी बल्व खरिद गर्ने बाटो खुलेको हो । 

बुधवार अधिवक्ता लेखथान भट्टराई र नारायण चौलागाईँले सार्वजनिक खरिद ऐनलाई मिचेर एलइडी बल्व खरिद प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेकोमा सर्बोच्चका न्यायधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले खरिद प्रक्रिया रोक्नेगरी अन्तरिम आदेश दिन अस्विकार गरेको छ । 

विद्युत् प्राधिकररणले ऊर्जा बचतको लागि भारतीय कम्पनीसँग २ करोड थान एलइडि बल्ब खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो । ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडि बल्व खरिद ऐन अनुसार खरिद गर्न लागिएको बताएका थिए ।तर,केही संचारमाध्यममा सार्वजनिक खरिद ऐन विपरित एलइडी खरिद गर्न लागिएको र यसमा अनियमिता भएको आरोप लागेको थियो ।

Ad