सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८ दशमलव ०८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सेवाले सात करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
९४ करोड १८ लाख रुपैयाँ चुक्तापुँजी भएको सेवा विकास बैंकले जगेडाकोषमा २३ करोड ५७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २१ दशमलव ९९ प्रतिशतले वृद्धि गरी पाँच अर्ब ३४ करोड २८ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा चार अर्ब ९३ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ७३ दशमलव ०२ प्रतिशतले बढेर २६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ७९ दशमलव ८२ प्रतिशतले बढेर २० करोड ५२ लाख ५३ हजार रुपैयाँ पुगेको छ । बैंकले एक करोड ८९ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९४ प्रतिशत, पुँजीकोषको अनुपात २० दशमलव ५६ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १८ दशमलव ४९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २१ दशमलव ०९ गुणा, प्रतिसेयर नेटवर्थ १२५ दशमलव ०३ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ५४ प्रतिशत रहेको छ ।