महाकाली विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव ५४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा महाकालीले एक करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
१४ करोड ८८ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच करोड १८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४४ दशमलव ९२ प्रतिशतले वृद्धि गरी एक अर्ब २४ करोड ६८ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा एक अर्ब एक करोड रुपैयाँ लगानी गरेको छ ।
यो अवधिमा बैंकको खुद व्याज आम्दानी ५७ दशमलव ७७ प्रतिशतले बढेर चार करोड ६७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३२ दशमलव ५८ प्रतिशतले बढेर दुई करोड ४१ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ६७ लाख रुपैयाँ राखेको छ ।
निष्कृय कर्जा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बढेर १.७३ प्रतिशत पुगेको महाकाली विकास बैंकको प्रतिसेयर आम्दानी ११ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६ दशमलव ८४ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३४ दशमलव ८६ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ९३ प्रतिशत रहेको छ ।