विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ दशमलव ०७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा विजयले एक करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
१६ करोड १० लाख रुपैयाँ चुक्तापुँजी रहेको संस्थाले जगेडा कोषमा तीन करोड १० लाख रुपैयाँ राखेको छ । निक्षेपमा एक सय दशमलव ८४ प्रतिशतले वृद्धि गरी १२ करोड ७ लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जामा एक सय १७ दशमलव ०९ प्रतिशत बढाएर ७६ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ ।
लघुवित्तको खुदव्याज आम्दानी ६३ दशमलव ४२ प्रतिशतले बढेर पाँच अर्ब ५६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ४१ दशमलव ७७ प्रतिशतले बढेर दुई करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा एक दशमलव ५२ प्रतिशत रहेको संस्थाले प्रोभिजनमा ७७ लाख रुपैयाँ राखेको छ । यो अवधिमा संस्थाको पुँजीकोष तीन दशमलव ४९ प्रतिशतले घटेर २३ दशमलव ४७ प्रतिशत कायम भएको छ ।
चैत्र मसान्तसम्मा विजय लद्युवित्तको प्रतिसेयर आम्दानी १७ दशमलव ८६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ८२ दशमलव ४२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १९ दशमलव २८ रुपैयाँ र तरलता अनुपात १९ दशमलव ५८ प्रतिशत रहेको छ ।