Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकले नौ महिनामा कमायो साढे ८६ करोड मुनाफा

२०७४ बैशाख २२ गते

सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८६ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ दशमलव १० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सनराइजले ५८ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

पाँच अर्ब ४५ करोड ३२ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा दुई अर्ब ८४ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा ४१ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ५८ अर्ब छ करोड रुपैयाँ संकलन गरेको छ बैंकले कर्जामा ५० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५९ दशमलव ५० प्रतिशतले बढेर एक अर्ब ६१ करोड ३९ लाख रुपैयाँ पुगेको भने संचालन मुनाफा ८४ दशमलव ५४ प्रतिशतले बढेर एक अर्ब १९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा १२ करोड ९६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २३ करोड ६४ लाख रुपैयाँ राखेको छ । बैंकको पूँजीकोष एक दशमलव ८८ प्रतिशतले बढेर १२ दशमलव ८८ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ७८ प्रतिशतले घटेर एक दशमलव ५० प्रतिशत कायम भएको छ । चैत्र मसान्तसम्ममा सनराइज बैंकको प्रतिसेयर आम्दानी २० दशमलव ९८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २७ दशलमव १७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३६ दशमलव ८३ रुपैयाँ र तरलता अनुपात २४ दशमल ४९ प्रतिशत रहेको छ ।

Ad