Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी कमर्सियल बैंक र एस रेमिटबीच भुक्तानी सम्बन्धी सम्झौता 

२०७२ चैत्र २९ गते

ccbसेञ्चुरी कमर्सियल बैंक लिमिटेड र एस रेमिटबीच रेमिट्यान्सले भुक्तानी सम्बन्धी सम्झौता गरेका छन् ।सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट एस रेमिटको र एस रेमिटका सम्पूर्ण एजेन्टहरुबाट सेञ्चुरी रेमिटको भुक्तानी लिन सकिने गरि दुई कम्पनीले सम्झौता गरेका हुन् । 

बैंकले आर्थिक वर्ष २०७२/७३ को पौस मसान्तसम्म २४ अर्ब ८ करोड कुल निक्षेप संकलन गरी २० अर्ब ८४ करोड कर्जा परिचालन गरेको जनाएको छ ।सो अवधिमा १६ करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको पनि जानकारी बैंकले दिएको छ । अहिलेसम्म बैंकले ३१ शाखा, २८ एटीएम, ८ शाखारहित बैंकिङ सेवा र दुईटा एक्स्टेन्सन् काउन्टरबाट सेवा दिदै आएको छ ।