Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिद्धार्थ बैंकमा जागीर खुल्यो, अनुभव नचाहिने

२०७४ बैशाख १९ गते

सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा मेनेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट माग गरेको हो । मेनेजमेन्ट ट्रेनीका लागि २८ वर्ष र ट्रेनी एसिस्टेन्टका लागि २६ वर्ष उमेर नपुगेका कर्मचारी बैंकले मागेको छ । त्यस्तै, मेनेजमेन्ट ट्रेनीका लागि कम्तीमा ६५ प्रतिशत प्राप्तांकसहित विजनेस, मेनेजमेन्ट तथा इकोनोमिक्समा मास्टर्स गरेको हुनुपर्नेछ भने ट्रेनी एसिस्टेन्ट (उपत्यकाभित्र)का लागि कम्तीमा ५५ प्रतिशत प्राप्तांकसहित विजनेस, मेनेजमेन्ट तथा इकोनोमिक्समा स्नातक गरेको हुनपर्नेछ । उपत्यकाबाहिरका लागि भने ५० प्रतिशत प्राप्तांक ल्याएको हुनुपर्ने बताइएको छ । आवेदन दिने म्याद मे १४ सम्म रहेको छ ।