Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अर्बपति क्लबमा माछापूछ्रे बैंक, हेरौँ समग्र प्रगति विवरण

२०७४ बैशाख १९ गते

माछापुच्छे बैंकको  लिमिटेड तेस्रो त्रैमासमा नै अर्बपति क्लबमा प्रवेश गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ दशमलव ०५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा माछापूछ्रेले ६२ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

छ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी भएको माछापुच्छे बैंकले जगेडा कोषमा एक अर्ब ७८ करोड ८४ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा २० दशमलव ८३ प्रतिशतले वृद्धि गरी ५८ अर्ब चार करोड ८१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ३२ दशमलव पाँच प्रतिशत बढाएर ५३ अर्ब पाँच करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३३ दशमलव ६६ प्रतिशतले बढेर एक अर्ब ७५ करोड १६ लाख रुपैयाँ पुगेको छ भने बैंकको संचालन मुनाफा ५३ दशमलव ५१ प्रतिशतले बढेर एक अर्ब ३३ करोड ११ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १३ करोड ५९ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १४ करोड ५० लाख रुपैयाँ राखेको छ ।

बैंकको जोखिमयुक्त सम्पति शुन्य दशमलव ८१ प्रतिशतले बढेर १३ दशमलव ३० प्रतिशत पुगेको छ भने निष्कृय कर्जा शून्य दशमलव १९ प्रतिशतले घटेर शुन्य दशमलव ३६ प्रतिशत कायम भएको छ । चैत्र मसान्तसम्ममा माछापूछ्रे बैंकको प्रतिसेयर आम्दानी २४ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ११ गुणा, प्रतिसयर नेटवर्थ एक सय २६ दशमलव ६० रुपैयाँ र तरलता अनुपात २२ दशमल ६७ प्रतिशत रहेको छ ।

Ad