Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

बाफियाले ‘अयोग्य’ भनेपछि राजिनामाको तयारी

२०७४ बैशाख १२ गते

रोयल आचार्य-

बैंक तथा वित्तीय संस्था सम्बन्धी विधयेक (बाफिया) ले अयोग्य भनेका बैंक तथा वित्तीय संस्थाका संचालकहरुले राजिनामा दिने भएका छन् । संसदबाट पारित भएको बाफिया बिधयेक राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि अयोग्य संचालकहरुले राजिनामा दिने भएका हुन् । अहिले बिभिन्न राजनीतिक दलबाट सांसद बनेका व्यक्तिहरु पनि बैंकका संचालकहरु रहेका छन् । बाफिया बिधेयकले सांसदहरु बैंक तथा वित्तीय संस्थाको संचालक बन्न नपाउने व्यवस्था गरेपछि उनीहरुले राजिनामा दिने तयारी थालेका हुन् । 

को–को छन् राजिनामा दिने तयारीमा ? 
सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले राजिनामा दिने भएका छन् । तामाङ नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य बनेका थिए । संविधानसभा नै संसदमा परिणत भए पछि तामाङ अहिले सांसद छन् । सांसदले बैंक तथा वित्तीय संस्थाको संचालक बन्न नपाउने भए पछि उनले राजिनामा दिने बुझिएको छ । त्यसैगरी माछापुच्छ्रे बैंकका अध्यक्ष वीरेन्द्र प्रसाद महतो र एनसीसी बैंकका संचालक मोहन बहादुर बस्नेतले पनि राजिनामा दिने भएका छन् । उनीहरु दुबै सांसद हुन् । 
बीमा कम्पनीमा रहेका संचालक वा कर्मचारी पनि अन्य बैंक तथा वित्तीय संस्थाको संचालक हुन अयोग्य हुने छन् । उनीहरुले दुईतिर मध्ये एकतिरबाट भने अनिवार्य राजिनामा दिनु पर्ने भएको छ । 


राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको बाफिया विधयेकका मूख्य बुँदाहरु यस्ता छन् : 
क. बैंक तथा वित्तीय संस्थाको संचालक बन्नका लागि कम्तिमा १० बर्ष बैंक वित्त कम्पनिमा काम गरेको अनुभव हुनुपर्ने छ । कुनै पनि विषयमा स्नातक तह अध्ययन गरेको भएमा ५ बर्ष अनुभव भएको हुनुपर्ने छ । अर्थशास्त्र, बाणिज्य तथा लेखा विषयमा स्नातकोत्तर गरेको व्यक्ति भने सोझै बैंकवित्त कम्पनिको संचालक बन्न पाउने छ ।  
ख.  बीमा कम्पनिका संचालक बैंकको संचालक बन्न नपाउने व्यबस्था छ ।
ग.  दश बर्षपछि संस्थापक शेयरलाई राष्ट्र बैंकको अनुमति लिएर साधारण शेयरमा परिवर्तन गर्न सकिने छ । 
घ. बैंक तथा वित्तीय संस्थाको कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियूक्ति लगातार २ कार्यकाल मात्र हुन पाउने व्यबस्था छ । संचालक मात्रैको हकमा कार्यअवधि खुलाइएको छैन ।
ङ. अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको एक कार्यकालको समय अवधि ४ बर्षको हुने छ । 
च. संबैधानिक पद धारणा गरेको व्यक्ति बैंकको संचालक, प्रमुख कार्यकारी अधिकृत वा अध्यक्ष हुन पाउने छैन ।
छ. आफु संलग्न रकेको बैंक वित्त कम्पनिबाट ऋण लिन पाइने छैन । 
ज. ‘घ’ बर्गका लघुवित्त कम्पनिहरुले बैंक लेख्न पाउने छैनन् । उनीहरुले लघुवित्त वित्तीय संस्था भनेर लेख्नुपर्ने छ ।