April 11th, 2016

साल्पा विकास बैंकले गर्यो २३ करोडभन्दा बढी निक्षेप संकलन

salpaखोटाङ जिल्लामा सञ्चालित सालपा विकास बैंकले २३ करोडभन्दा बढी  निक्षेप संकलन गरेको छ । खोटाङको बचत खोटाङमै  लगानी भन्ने नारासहित खोटाङबासीकै सहकार्यमा २०६९ साउन ३ गतेदेखि बैंकिङ कारोबार सुरु गरेको बैंकले चैत २४ गतेसम्ममा २३ करोड १४ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । शुक्रबार दिक्तेलमा आयेजित चौथो साधारणसभामा बैंकका सिइओ इश्वरमान राईले गत साउनदेखि हालसम्म बैंकले १८ लाख ९२ हजार नौ सय चार रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिए । बैंकले १५ करोड पाँच लाख ७३ हजार दुई सय ९२ रुपैयाँ कर्जा प्रवाह गरेको उनले बताए । दुई करोड पुँजी लगानीबाट सुरु गरिएको बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यर्थी, ज्येष्ठ, बाल, खुत्रुकेलगायतका १० वटा बचत खाता, आड किसिमका मुद्दती खाता र नौ किसिमका कर्जा तथा सापट विप्रेषणलगायतका सेवा प्रवाह गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]