देवः विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १९ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई सय ५५ दशमलव ३५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा देवःले पाँच करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब ३८ करोड ३२ लाख रुपैयाँ चुक्तापुँजी भएका बैंकले निक्षेपमा ३४ दशमलव २५ प्रतिशतले वृद्धि गरी नौ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले आठ अर्ब ७७ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ७८ दशमलव ०२ प्रतिशतले बढेर ३९ करोड ७० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा दुई सय ६० दशमलव ९९ प्रतिशतले बढेर ३१ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
बैंकले जगेडा कोषमा ३४ करोड ९४ लाख रुपैयाँ छुट्याएको छ । बैंकको प्रोभिजनमा ६९ रुपैयाँ नेगेटिभमा रहेको छ । चैत्र मसान्तसम्ममा देवः विकास बैंकको जोखिमयुक्त सम्पति १५ दशमलव ९३ प्रतिशत रहेको छ भने निष्कृय कर्जा एक दशमलव ३९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १९ दशमलव १९ रुपैयाँ (वार्षिकीकरण), मूल्य आम्दानीको अनुपात १४ दशलमव ०७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २५ दशमलव २६ रुपैयाँ र तरलता अनुपात २७ दशमल २१ प्रतिशत रहेको छ ।