Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पौने दुई अर्बको हकप्रद निष्काशन गर्ने कृषि विकास बैंकको तयारी 

admin २०७२ चैत्र २६ गते
सेयर:

adblकृषि विकास बैंकले आगामी बैशाख १४ गतेको साधारणसभा पछि ५० प्रतिशत अर्थात् १ अर्ब ७१ करोड ५० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने हकप्रद शेयर वितरण गर्ने तयारी गरेको छ । बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर तथा ५० प्रतिशत हकप्रद शेयर दिने तयारी गरेको हो । राष्ट्र बैंकको स्वीकृतिसँगै साधारणसभाबाट पास गराएर सेयर वितरण गरिने बैंकले जनाएको छ । 

सरकारको ६ अर्ब ४३ करोड ६८ लाख रुपैंयाको अग्राधिकार (प्रिफेन्सियल) शेयर तथा सर्वसाधारणको ३ अर्ब ४२ करोड ४० लाख रुपैंया गरि बैंकको ९ अर्ब ८६ करोड रुपैंया चुक्तापूँजी रहेको छ । बैंकको जगेडा कोषमा ५ अर्व ३६ करोड १६ लाख रुपैया रहेको छ । बैंकले हाल कायम ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ चक्ता पूँजीमा १५ प्रतिशत बोनश थपेर ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।