Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहुलियतपूर्ण ऋण दिन एकसय अर्बको पुनरोद्धार कोष आउँदै 

२०७२ चैत्र २६ गते

chiranjibi nepalनेपाल सरकारले पिडित व्यवसायीहरुलाई सहुलियतपूर्ण ऋण दिनको लागि एक सय अर्ब रुपैयाँको पुनरोद्धार कोष ल्याउने भएको छ । नेपाल राष्ट्र बैकका गभर्नर डा चिरञ्जीवी नेपालले सरकारले भूकम्पलगायतका कारण पीडित बनेका व्यवसायीहरुलाई लक्षित गरी ऋण सहुलियत दिन कोष ल्याउन लागेको जानकारी दिए ।

नेपालले भूकम्पलगायत विभिन्न कारणले समस्यामा परेकाको उद्धारका लागि सरकार, निजी क्षेत्र र दातृ निकायको साझेदारीमा कोष ल्याउन लागेको हो । कोषमार्फत व्यवसायको उद्धारका लागि १० करोडभन्दा कम लगानीका व्यवसायीलाई चार प्रतिशत सहुलियत ऋण उपलब्ध हुनेछ । कृषिको व्यवसायीकरण र विकासका लागि विगतमा १२ अर्ब बजेट निकासा हुँदै आइरहेकोमा अहिले २१ अर्र्ब पु्र्याएको छ । 

चितवनको रत्ननगरमा बिहीबार भएको केरा किसानको वार्षिक साधारणसभामा बोल्दै गभर्नर नेपालले आफू गभर्नर बन्दा दुई–तीनजनाले मात्रै कृषि ऋण पाएकामा अहिले एक हजार ३०० ले सहुलियत ऋण लिइसकेको जानकारी दिए । बुझेका किसानले नभन्ने र नबुझेका किसानले बुझ्ने प्रयास नगर्दा विभिन्न सरकारी सहुलियतबाट किसान वञ्चित हुनु परेको उनको तर्क थियो । 

कृषिमा पछिल्लो समय कुल गार्हस्थ्य उत्पादन ३७ प्रतिशत रहेकामा अहिले घटेर ३३ प्रतिशतमा दुःख व्यक्ति गर्दै गभर्नर नेपालले क्रृण मिनाहा हुन्छ भन्ने आशा नबोकी ऋण सहुलियत लिन र कुनै समस्या परे राष्ट्र बैंकमा जानकारी दिन किसानलाई आग्रह गरे । साथै निर्देशिकाअनुसार ऋण नपाए भन्न आग्रह गर्दै अनुगमन गरेर ऋण दिने जानकारी दिए । 

नेपालमा प्रत्येक बर्ष २ अर्ब भन्दा बढीको सुर्ती र, फलफूल दुई अर्बकै आयात हुन्छ भने आर्थिक वर्ष २०७१÷७२ मा नेपालमा चामल मात्रै २४ अर्बको आयात भएको नेपाल राष्ट्र बैँकको तथ्यांक छ ।