April 7th, 2016

एकता विकास बैंकले एकैदिन खोल्यो दुई शाखा

Photoएकता विकास बैंकले एकैदिन दुई वटा शाखा विस्तार गरेको छ । बैँकले तेह्रौं शाखा सल्यानको श्रीनगर र चौधौं शाखा सल्यानकै थारमारेमा विस्तार गरेको हो । विहिबार बैंकद्धारा आयोजित एक कार्यक्रममा श्रीनगर शाखाको सुभारम्भ बैंकका अध्यक्ष डा. ध्रुव प्रसाद ढकाल र उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष सुदन श्रेष्ठले संयुक्त रुपमा गरेका गरे भने शाखाको उद्घाटन सांसद टेक बहादुर बस्नेत तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गरे । 
हालसम्म वित्तिय पहुँच नपुगेको सल्यानको थारमारेमा स्थानियले बैंकको शाखा खुल्दा अत्यन्तै हर्षित भएका छन् । 

बैकका संचालक डि. आर घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको उक्त उद्घाटन समारोहमा सभासद बस्नेत, प्रजिअ रिजाल, बैक संचालक समितिका अध्यक्ष ढकाल लागाएत सिद्धार्थ डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका जिल्ला प्रमुखहरु लगाएतले आफ्नो आफ्नो धारणा राखेका थिए । 

वैकले विभिन्न वचत निक्षेप योजनाहरुमा दैनिक मौज्दातमा व्याज गणना हुने आकर्षक व्याज सहितका निक्षेप योजनाहरु संचालनमा ल्याएको छ । त्यस्तै  कृषि तथा कृषिजन्य कर्जा, आवाश निर्माण, हायर पर्चेज, साना तथा मझौला उद्यम कर्जा, उद्योग, व्यापार लगायतमा छिटो छरितो र सर्वशुलभ कर्जा प्रवाह गर्ने गरेको छ । उक्त कार्याक्रममा स्थानिय जनसमुदाय, सरकारी निकायका प्रतिनिधि, बुद्धिजिवि, भद्रलाद्मी, वभिन्न पेशाकर्मी, विद्यार्थी लगायत करिब ५०० जनाको उपस्थितीे थियो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]