Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालमा रहेका प्रतिबन्धित भारु साट्न भारत सहमत, प्रतिव्यक्ति ४५ सय भारुमात्रै साटिदिने  

२०७३ चैत्र १३ गते

नेपालमा रहेका प्रतिबन्धित भारु साट्न भारत अन्ततः सहमत भएको छ । तर भारतले नेपालीसँग बैधानिक च्यानलमा रहेका ४५ सय भारुसम्म मात्र साट्नेछ । यसअघि २५ हजारसम्म साटिदिन नेपालले प्रस्ताव गरेको थियो । रिजर्भ बैंक अफ इन्डियाकी कार्यकारी निर्देशक दिपाली पन्त जोशी नेतृत्वको टोलीले आज नेपाल राष्ट्र बैंकका अधिकारीसँग छलफल गरेपछि ४५ सयसम्म भारु साट्ने विषयमा भारतले सहमति जनाएको हो ।

श्रोतका अनुसार राष्ट्र बैंकका अधिकारीले २५ हजारसम्म साटिदिन पुनः आग्रह गरेका थिए । तर भारतीय पक्षले भने ४५ सयभन्दा बढी साट्न नसकिने जवाफ दिएको हो । गत नोभेम्बरमा भारतले त्यहाँको पाँच सय र हजार दरका पुराना नोटमा प्रतिबन्ध लगाएपछि नेपालीसँग रहेको नोट सटहीबारे अन्यौलता कायम थियो । आरबीआईकी कार्यकारी निर्देशक पन्तसहितको टोलीले आज नेपालतर्फबाट राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुङ्गानाका साथै अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको हो ।