Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गोर्खाज फाइनान्सले आइतबारदेखि कारोबार सुरु गर्ने 

admin २०७२ चैत्र २५ गते
सेयर:

ktm-gurkhaगोर्खा विकास बैंकलाई काठमाडौँ फाइनान्समा मर्ज गरी ‘गोर्खाज फाइनान्स’ बनाएपछि बैंक र फाइनान्स सहमत भएपछि दुवैको कारोबार बिहिबारदेखि तीन दिनसम्मको लागि बन्द भएको छ । कम्पनी रजिष्टर्डको कार्यालयबाट स्वीकृति लिएपछि २८ गते आईतबारदेखि गोर्खाज फाइनान्सबाट संयुक्त कारोबार थाल्ने तयारी गरिएको छ । गोर्खाज फाइनान्सको कार्यालय डिलीबजारको चारखालमा रहने बताइएको छ । 

गोर्खा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक भएपनि राष्ट्र बैंकको निर्देशनमा एक तह घटेर फाइनान्समा मर्ज भएको हो । २०६७ सालमा राष्ट्र बैंकद्धारा गोर्खा समस्याग्रस्त बैंक घोषित भएको थियो । समस्याग्रस्त बैंक घोषणा भएपछि राष्ट्रबैंकले व्यवस्थापनमा हस्तक्षेप गरी उपनिर्देशक मुक्ति प्रसाद सापकोटाको संयजकत्ममा तीन सदस्यी व्यवस्थापन समिति गठन गरेको थियो । संस्थागत पारदर्शीता र सुशासनको कमीले गर्दा आर्थिक रुपमा जर्जर बनेको बैंकको व्यवस्थापन राष्ट्र बैंकले सम्हालेपछि केही सुधार भएको थियो । राष्ट्र बैंकले व्यवस्थापन सम्हालेपछि  सेयरको स्वप रेसियो कायम गर्दा ६४ करोड रुपैयाँ चुक्ता पुँजी घटेर १९ करोड ८२ लाख ४६ हजार  रुपैयाँमा कायम भएको थियो । चुक्ता पुजी घटेपछि व्यवस्थापनले काठमाडौँ फाइनान्ससंग मर्जर गर्ने प्रक्रिया अघि बढाएको थियो । 

हाल गोर्खा विकास बैंकको चुक्ता पुँजी झण्डै १९ करोड रुपौयाँको हाराहारीमा छ । काठमाडौँ फाइनान्सको चुक्ता पुँजी ३८ करोड चार लाख १७ हजार रुपैयाँ रहेको छ । एकीकृत कारोबारपश्चात् भने गोर्खाज फाइनान्सको चुक्ता पुँजी ५० करोड रुपैयाँको हाराहारीमा पुगेको बताईएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।